मेलेसन (MeLeSoN) के हो?
डा. हरीहर वस्ती, मेडिको लिगल बिषेसंज्ञ
मेडिको लिगल सोसाइटी अफ नेपाल (Medico – Legal Society Of Nepal) एक ब्यबशायिक ब्यक्तिहरुको सँगठन हो । यस सँगठनमा कानुनी चिकित्सा बिषयमा अध्ययन वा तालिम प्राप्त चिकित्सकहरु गोलबन्द हुने छन् । यसको मुख्य उद्देश्य नै वर्तमान समयमा चिनारी नै नपाएको (Unidentified) मेडिको लिगल सेवा (Medico-Legal Service) लाई चिनाउनु र यसको महत्व बारे सम्बन्धीत निकायहरु तथा आम जनसमुदायमा प्रकास पार्नु हुनेछ । यो संस्था कुनै नाफा कमाउने जा आर्थिक गतिविधि गर्ने संस्था भन्दा फरक यो अर्थमा छ कि यसले खाली सेवा सम्बन्धी वैज्ञानिक धारणा सहीतको बौद्धिक (Academic) छलफल, सुझाव, सल्लाहा तथा परेको समयमा तालीम जस्ता कार्यक्रमको आयोजना गर्ने गर्दछ ।
Forensic Medicine वा कानुनी चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरुले आफ्नो कार्यक्षेत्रमा काम गर्दै गर्दा धेरै महत्व भएको यस क्षेत्रलाई राज्य वा अन्य कही कतै बाट पनि बुझेर वा अन्जानमा हाल सम्म पूर्ण रुपमा वेवास्ता गर्नाले वेवारिसे अवस्थामा रहेको र यसका धेरै नकरात्मक परिणामहरु सधै टुलुटुलु हेरेर बस्न नहुने दायित्व मनन् गरी एक संगठित आवाज तयार गर्न (MeLeSoN) को जन्म भएको हो ।
Forensic Medicine वा Medico Legal काम भनेको के हो ?
चिकित्सा विज्ञानका विविध क्षेत्रका तथ्य तथा ज्ञानहरुको अदालती उपयोग सम्बन्धी अध्ययन गर्ने बिज्ञानलाई Forensic Medicine वा Legal Medicine भनीन्छ । यस बिषयसंग संबन्धीत कामहरु स्वास्थ्यकर्मी तथा अस्पताल संग जोडिएका हुन्छन् । यसका निम्न लिखित विविध क्षेत्र छन्
(क) अप्राकृतिक मृत्यु भएमा गर्नु पर्ने शव परिक्षण वा Autopsy जो पुरा शव पनि हुन सक्दछ वा मानव शरिरका कुनै भाग वा अस्थीपंजर Skeletal Remains पनि हुन सक्दछन् ।
(ख) गैह्र कानूनी प्रकृयाबाट परेका चोटपटकहरुको जाँच (Injury Examination)
(ग) यौनजन्य हिंसा (Sexual Violence) का पिडित वा पिडकहरुको शारिरिक तथा मानसिक जाँच ।
(घ) उमेर विवादमा पर्न गएको व्यतिको उमेर संबन्धी जाँच ।
(ड.) मादक पदार्थ सेवन वा कुनै औषधी सेवन गरिएका अवस्थाका जाँचहरु (Drunkenness Examination)
(च) यातना वाट पिडीतहरुको (Torture Victim) शारिरिक तथा मानसिक जाँच ।
(छ) मानसिक अवस्था खुलाउनु पर्ने बिभित्र गैह्र कानुनी अवस्थामा परेका व्यतिहरुको मानसिक जाँच (Mental State Examination)
(ज) कुनै पनि महिला गर्भवती भए नभएको, बच्चा जन्माएको नजन्माएको वा गर्भपतन गराएको नगराएको विवादीत भएमा गराउनु पर्ने चिकित्सकीय जाँचहरु ।
(झ) अन्य अवस्थामा कानुनी रुपमा आवश्यक परेका जाँचहरु ।
नेपालमा Medico Legal Service को अवस्था के छ ?
सबै प्रकारका समाजमा विविध प्रकारका गैह्र कानुनी घटनाहरु घटी रहेका हुन्छन् । खास गरी मानव शरिर बिरुद्ध हुने अपराधहरुमा कानुनी चिकित्सा बिषय आकर्षित हुन्छ किनकी अदालतलाई प्रमाण वा सबुदको रुपमा चिकित्सकले जाँच गरी यो वा त्यो प्रकारका प्रतिवेदन (Report) दिनु पर्ने हुन्छ । यदी त्यस्ता Report नभएमा विवादको निक्र्यौल गर्न असम्भव हुन्छ । अपराधिक कार्यको अनुसन्धान तथा न्याय निरुपण गर्न प्रहरी प्रशासन, अदालत तथा पक्ष बिपक्षका कानुन व्यवशायीहरु सहभागी भएका हुन्छन् तर ती कुनै पनि निकायमा मानब शरिर र शरिरमा परेका चोट, पिडा वा मृत्यु जस्ता अवस्थालाई सही ढङ्गले पुर्ण रुपमा बुझ्ने जनशतिm हुँदैन । त्यसैले विवादीत बिषयको सही निस्कर्षमा पुग्नको लागि व्यतिmको जाँच वा स्वास्थ्य परिक्षण र त्यस्को सही तथा वैज्ञानिक व्याख्या समेत गरी चिकित्सकको राय अनिवार्य रुपमा नभई नहुने बिषय हो ।
नेपालमा भने जनतालाई दिने स्वास्थ्य सेवाका लागि मात्र निती, योजना तथा कार्यक्रम बन्ने गरेकाले Medico Legal सेवा ओझेलमा परेको देखिन्छ । यो सेवा सम्बन्धी खास तथा पूर्ण रुपमा कानुन पनि बनेका पाईदैनन । चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको काम कर्तव्यको सुचीमा पनि स्पष्ट रुपमा यो सेवा यसरी दिनु भनी निर्देशन गरिएको देखिदैन । चिकित्सक तथा स्वास्थ्यकर्मी हरुले अध्ययन गर्ने बिषयहरुमा पनि चाहीने जती सैद्धान्तिक तथा व्यवाहारिक पक्ष नसमेटिएको कारणले गर्दा अदालतमा पुग्नु पर्ने प्रतिवेदनहरु बिषयबस्तुको ज्ञान नै नभई वा पुर्ण रुपमा प्रशिक्षीत नभईकन जबरजस्ती चलेको चलन (Traditional) अनुसार बनेका पाईन्छन् । कानुनी रुपमा त्यस्ता जाँचका लागि चाहीने अर्को पक्ष भनेको भौतिक पुर्वाधार हो । नेपालमा गरिने गरेका Medico Legal कार्यका सम्बन्धमा निम्न तथ्यहरुको जानकारी हुने हो भन्ने जो कोहीले पनि कस्तो गुणस्तरको सेवा नेपाली जनताले पाई रहेका रहेछन भन्ने कुरा आफै स्पष्ट हुन्छ ।
(क) मुलुकमा रहेका सबै जसो अस्पतालमा शव परिक्षण (Autopsy) गर्नको लागि नभई नहुने Mortuary वा शव परिक्षण गर्ने स्थान नभएको र भएका स्थानमा पनि न्युनतम पुर्वाधार नभएको । दैनिक जसो ब्गतयउकथ भईरहने अञ्चल अस्पताल जस्तो व्यस्त स्थानमा समेत लास जाँच कोठा नभएका अञ्चल अस्पताल छन् ।
(ख) कुनै पनि अस्पतालमा Medico Legal Examination -MLE_ को लागि छुट्टै कोठा हाल सम्मको द्यगष्मिष्लन ऋयमभ मा समेत व्यवस्था गरिएको छैन जस्ले गर्दा भ्mभचनभलअथ बिभागको व्यस्त स्थानमा नै त्यस्ता जाँच आवश्यक प्रकृया नपु्याई गर्ने गरिन्छ ।
(ग) घाउ जाँच फारम तयार गर्ने काम धेरै जसो स्वास्थ्य संस्थामा Paramedics, Health Assistant, CMA द्वारा गराउने गरिन्छ । ती स्वास्थ्यकर्मीहरुको Course मा विषयवस्तुको जानकारी मात्र हुने सम्मको समेत कुनै विषय वा ऋजबउतभच राखिएको पाईदैन ।
(घ) MBBS Course मा Forensic Medicine विषय भएता पनि अध्ययन गर्ने कलेजमा Medico Legal काम गर्न कानुनले नै बन्देज लगाएका कारण विद्यार्थीहरु एउटा मात्र पनि एचबअतष्अब Practical Case वा नगरी स्नातक परिक्षा उर्तिण गर्दछन् र लोक सेवा आयोग बाट अस्पतालमा नियुक्ती पाउँछन् । अनिवार्य रुपमा थप तालीम वा Orientation नै नपाई दैनिक Medico Legal सेवा दिन थाल्दछन् । यो उनीहरुको लागि एक वाध्यात्मक अवस्था बन्न जान्छ ।
(ड.) नेपालमा हाल संचालन भएका २० भन्दा वढी Medical College हरुमा Forensic Medicine बिभाग अनिवार्य रुपमा रहेको छ । नेपाली नागरिक Forensic Medicine बिषयमा स्नातकोत्तर गरी Specialist License जाँच पास गरी Lecturer देखि Professor सम्मको पदमा कार्यरत हुदाँ हुदै पनि स्तरीय विशेषज्ञ सेवा दिनबाट बञ्चीत गराईएका छन् । यसको कारण कानुनमा सरकारी स्वास्थ्य संस्था वा सरकारी अस्पताल भनी उल्लेख गरेकोले नै हो । त्यस्ता विशेषज्ञ एकातिर वेरोजगार हुन थाली सकेका छन् भने अर्को तर्फ पुरानो प्रचलनलाई निरन्तरता दिंदा आवाश्यक ज्ञान तथा सीप नभएका स्वास्थ्यकर्मी हरुले मन नलागी वाध्य भएर दैनिक कार्य गरीरहनु परेको विडम्बनाको अवस्था छ ।
(च) Medico Legal सेवा सम्बन्धी कुनै समस्या कसलाई भन्ने र यस प्रति को जिम्मेवार हुने भन्ने बिषय आफै अन्योलमा छ । स्वास्थ्य सेवा सम्बन्धी उच्च निकायलाई ध्यानाकर्षण गराउँदा यो त प्रहरीले ल्याउने case भएकोले गृह मन्त्रालयले व्यवस्था गर्नु पर्ने हो भनी देखाइन्छ र गृह मन्त्रालयमा गुनासो गर्दा अस्पताल वा स्वास्थ्य संस्थाका समस्या हेर्ने गृह मन्त्रालयको काम नभएको जानकारी गराईन्छ । यसरी पुरै सेवा क्षेत्र वेवारिसे Unidentified or Unrecognized बन्न पुगेको देखिन्छ ।
MeLeSoN का खास उदेश्य के हुन् ?
नेपालमा मेडिको लिगल क्षेत्रमा रहेका विद्यमान अवस्थाले गर्दा अनाहकमा एक निर्दोसले दशकौं जेलको जीवन जीउनु पर्ने र एक अपराधीले निर्धक्क संग आफ्ना गतिविधी संचालन गरी रहन पाउने अवस्था भएको तथ्य माथि उल्लिखित Medico-Legal सेवा र यसको गुणस्तरको अवस्था बाट पुष्टी हुन आँउछ । अपराध भनेको एक सामाजिक रोग (Social Disease) पनि हो जसलाई विभिन्न तरिका द्वारा रोकथाम अवस्य गर्न सकिन्छ । यही खास दयालाग्दो अवस्थालाई सुधार गर्नु नै Meleson को प्रमुख र एकमात्र उद्देश्य हो भन्दा खासै फरक पर्दैन । निम्न प्रकारका Activities बाट मुख्य उद्देश्य प्राप्त गर्न मद्दत पुग्नेछ ।
(क) कानुनी चिकित्सा क्षेत्रमा हाल बिद्यमान ३ दर्जन भन्दा बढी नेपाली विशेषज्ञहरुले नेपालका जनतालाई आफ्नो विशेषज्ञ सेवा प्रदान गर्ने बातावरण तयार गर्न लागि पर्ने ।
(ख) कानुनी चिकित्साको महत्व र यसको ठिक व्यवस्थापन गर्न अपराध अनुसन्धान वा न्यायिक प्रकृया संग सम्बन्धीत निकाय लाई घच्घच्याउनुको साथै आम जनमानसमा पनि यसको महत्व र अवस्थाको बारेमा जानकारी गराउने
(ग) बिभिन्न तहका अदालत तथा सरकारी वकीलका कार्यालयहरु लाई आवश्यक परेको समयमा कुनै पनि अबकभ को प्रतिवेदन वा अन्य Documents अरुको अध्ययन गरी त्यसबाट निस्कन सक्ने वैज्ञानिक राय उपलब्ध गराउने ।
(घ) कानुनी चिकित्सा (Forensic or Legal Medicine) विषयमा समय समयमा छलफल, सेमिनार, गोष्टी आदी कार्यक्रम गरी यस क्षेत्रमा उचीत तरिकाले कार्य गर्नको लागि आवश्यक कार्य विधि (Standard Operating Procedure) तयार गरी लागु गर्न पहल गर्ने ।
(ड.) सबै स्वास्थ्य संस्थाहरुमा Medico-Legal विभाग नभए पनि कमसेकम एक Unit को व्यवस्था गर्नको लागि पहल गर्ने ।
माथिका गतिविधिहरुले कम्तीमा पनि हालको दयालाग्दो अवस्थाको Medico-Legal सेवालाई एक चिनारी दिन मद्दत गर्नेछ ।
(च) स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागमा स्वास्थ्य क्षेत्रका विविध पक्ष समेटन विभिन्न शाखा महाशाखाहरु वा विशेष परियोजनाहरु (Projects) स्थापना गरी कार्यक्रमहरु संचालन गरीए जस्तै कानुनी चिकित्साको क्षेत्रमा पनि छुट्टै केन्द्रीय स्तरको एक ईकाई वा शाखा स्थापना गर्नु पर्दछ । जस्ले यो क्षेत्रमा भएका समस्या तथा यस क्षेत्रलाई स्थानीय तह सम्मको स्वास्थ्य संस्थासंग सामन्जस्यता (coordination) राखी गुणस्तरीय सेवा आम पहुंचको विषय बनाउन सकिनेछ ।
यदि यो क्षेत्रको वर्तमान अवस्थाको बास्तविक चित्रण गर्न सकिएमा धेरै छोटो समयमा नै अपेक्षीत सुधारहरु नेपालका Medico-Legal क्षेत्रमा गर्न सकिन्छ भन्ने कुरामा MeLeSoN विश्वास राख्दछ ।